logo-image

बुधबार, २० साउन २०८३

११५ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, आगामी २५ गतेदेखि पाठकका लागि खुला गरिने (तस्बिरहरु)

बुधबार, १३ साउन २०८३ · समसामयिक

११५ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, आगामी २५ गतेदेखि पाठकका लागि खुला गरिने (तस्बिरहरु)

काठमाडौं, साउन २० । लामो समयदेखि बन्द रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो । पुस्तकालयको करिव ३ करोड रुपैयाँ भाडा वक्यौता रहेको जनाउँदै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो । यद्यपि, वक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो । पुस्तकालय प्रशासनकाअनुसार हाल आन्तरिक सरसफाई तथा व्यवस्थापकीय कार्यहरू भइरहेका छन् । लामो समय बन्द रहेका कारण पुस्तकहरूको व्यवस्थापन र सरसफाइका लागि केही दिन लाग्ने भएकाले आगामी २५ गतेदेखि मात्र पाठकहरूका लागि पुस्तकालय खुला गरिने योजना बनाइएको छ । व्यवस्थापकीय कार्य सम्पन्न भएपछि आगामी २५ गतेदेखि पाठकहरूले नियमित रूपमा सेवा लिन सक्नेछन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल