logo-image

शुक्रबार, १२ असार २०८३

काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने

शुक्रबार, १२ असार २०८३ · समसामयिक

काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने

काठमाडौं, असार १२ । नेपाल र जापानबीचको सम्बन्ध र ७० वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने भएको छ । 
एमजे इन्टरटेनमेण्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते लैनचौरस्थित एक होटलमा यो महोत्सव हुन लागेको हो । एमजे इन्टरटेनमेण्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाकाअनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदानप्रदानका साथै परोपकारी कार्यमा सहयोग पु¥याउनु रहेको छ । टिकट विक्रीबाट प्राप्त हुने कुल रकमको ५० प्रतिशत हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट दर १ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसमा भीआईपी र जनरल सबैका लागि समान शुल्क रहनेछ । डिजिटल भुक्तानी पार्टनरका रूपमा ‘खल्ती’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ । सांगीतिक आकर्षणका लागि जापानबाट ताके कोकुयो, रियो, सन र सुमो रेसलरहरूको विशेष प्रश्तुति रहनेछ । त्यस्तै, नेपालका तर्फबाट कुसुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेख र एवाइजी (¥यापर) लगायतका कलाकारहरूले आ–आफ्नो प्रश्तुति दिनेछन् । 
उहाँले भन्नुभयो, ‘अब हाम्रो नेपाल–जापान मित्रताको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुन गइरहेको नेपाल–जापान फुड एण्ड म्युजिक फेस्टिभल हाम्रो मल्ल होटलमा ३१ अक्टोबर (कार्तिक १४) गते हुनेछ । कार्यक्रम दिउँसो १२ बजेदेखि फुड फेस्टिभलबाट शुरु हुनेछ । त्यसैगरी, सांगीतिक कार्यक्रम पनि निरन्तर सञ्चालन हुनेछ । सम्पूर्ण कार्यक्रम साँझ १०ः०० बजेसम्म चल्नेछ । यस कार्यक्रमबाट बिक्री हुने टिकटको रकममध्ये ५० प्रतिशत हामीले सामाजिक सेवाका लागि सहयोग गर्ने योजना बनाएका छौँ । विशेषगरी, जाइकाले सञ्चालन गरिरहेका सामाजिक कार्यहरूमा सहयोग गर्नुका साथै अनाथ बालबालिकाको हितका लागि पनि सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ । हाम्रो टिकटिङ पार्टनर खल्ती रहेको छ । टिकटको मूल्य एक हजार निर्धारण गरिएको छ । भीआईपी र जनरल सबैका लागि एउटै टिकट दर लागू हुनेछ । एक हजारकै टिकटमा दर्शकहरूले फुड फेस्टिभल र सांगीतिक कार्यक्रम दुवैको भरपूर आनन्द लिन सक्नुहुनेछ । यसपटक हामीले निकै आकर्षक प्याकेज तयार गरेका छौँ । हाम्रा कलाकारहरूको लाइनअप पनि निकै विशेष रहेको छ । जापानबाट ताके कोकुयो, रियो, सन तथा सुमो रेस्लरहरूको प्रश्तुति रहनेछ । नेपालबाट कुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेक, साथै एवाइजी ¥यापरको प्रश्तुति रहनेछ । कार्यक्रमस्थलको ग्राउण्ड क्षमता करिव ३,५०० जना रहेको छ । तर फुड फेस्टिभलमा आउने–जाने (इन एण्ड आउट) दर्शकहरूको चापलाई हेर्दा करिब ५ हजार जनासम्म सहभागी हुन सक्ने अनुमान गरिएको छ । फुड टेस्टिङका लागि आउने आगन्तुकहरूले पनि सांगीतिक कार्यक्रमको आनन्द लिन सक्ने भएकाले राम्रो सहभागिता रहने अपेक्षा गरेका छौँ । जापानतर्फबाट होक्काइदो समूहले विभिन्न जापानी परिकारहरू प्रश्तुत गर्नेछ । त्यसैगरी नेपालका नेवारी, राई, गुरुङ, तामाङ लगायत विभिन्न समुदायका परिकारहरू समेटेर प्रत्येक समुदायको कम्तीमा एक–एकवटा फुड स्टल राख्ने योजना छ । यस कार्यक्रमको अर्को विशेष आकर्षण भनेको सोही दिन अन्तर्राष्ट्रिय हेलोविन पनि परेकाले विशेष हेलोविन कस्ट्युम कार्यक्रम आयोजना गरिनेछ । जापानका विभिन्न कस्प्ले प्रस्तुतिका साथै नेपाली सांस्कृतिक पहिरन र प्रस्तुति पनि समावेश गरिनेछ । समग्रमा, यो कार्यक्रम नेपाल र जापानबीचको सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने, स्वादिष्ट परिकार, उत्कृष्ट संगीत र मनोरञ्जनको संगम हुने विश्वास लिएका छौँ ।’
खाद्य महोत्सवअन्तर्गत जापानको होक्काइदो ग्रुपले जापानी परिकारहरूको स्टल राख्नेछ भने नेपालको तर्फबाट नेवारी, राई, गुरुङ र तामाङ समुदायका मौलिक स्वादका छुट्टाछुट्टै स्टलहरू रहनेछन् । महोत्सवको अर्को विशेष आकर्षण ‘हलोविन पार्टी’ रहनेछ । सोही दिन अन्तर्राष्ट्रिय हलोविन पर्व समेत परेकाले जापान र नेपालका विभिन्न सांस्कृतिक तथा आधुनिक कस्ट्युमहरूको प्रदर्शन (कस्पले) गरिने आयोजकले जानकारी दिएको छ । ३ हजार ५०० क्षमताको कार्यक्रम स्थलमा ५ हजारभन्दा बढी दर्शकको आवागमन हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल