logo-image

बिहिबार, ११ असार २०८३

रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान सम्पन्न, अब मतगणना सुरु

बिहिबार, ११ असार २०८३ · समसामयिक

रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान सम्पन्न, अब मतगणना सुरु

 चितवन, असार  ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको विद्युतीय मतदान प्रक्रिया सम्पन्न भएको छ।

बुधबार राति १२ बजेदेखि सुरु भएको मतदान बिहीबार दिउँसो १२:३० बजे सकिएको हो। देशभरबाट आएका चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिए।

पार्टी सभापति रवि लामिछाने पदमा पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन्। उनले मतदान गरेसँगै पहिलो चरणको मतदान औपचारिक रूपमा सम्पन्न भएको हो।

यो चरणमा मुख्य रूपमा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा भएको हो। निर्वाचन आयोगका अनुसार हाल मतगणनाको तयारी भइरहेको छ र परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयनको दोस्रो प्रक्रिया सुरु गरिनेछ।