बिहिबार, ११ असार २०८३
बिहिबार, ११ असार २०८३ · समसामयिक
काठमाडौं, असार ११ । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् ।
धार्मिक परम्पराअनुसार आजको दिन तुलसीको बीउ रोप्ने गरिन्छ । आज राखिएको दलबाट उम्रिएका बिरुवालाई करिव एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठमा सार्ने प्रचलन रहेको छ । हिन्दु संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पुजिने गरिन्छ ।
आजको दिन घरको मठमा बीउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्त्व समेत रहेको छ ।