logo-image

आइतबार, ०६ वैशाख २०८३

जगद्गुरु रामभद्राचार्यले प्रधानमन्त्री शाहलाई भनेः भारतप्रतिको दृष्टिकोण शुद्ध होस्

आइतबार, ०६ वैशाख २०८३ · समसामयिक

जगद्गुरु रामभद्राचार्यले प्रधानमन्त्री शाहलाई भनेः भारतप्रतिको दृष्टिकोण शुद्ध होस्

काठमाडौं, वैशाख ६ । प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । 

जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताउनु भयो ।

प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री शाहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनु भयो । उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताउनु भयो । शाहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताउनु भयो । 

उहाँले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।