बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, २६ चैत २०८२ · अन्तर्राष्ट्रिय
चैत २६ । इसरायलले लेबननमा गरेको आक्रमणबाट २ सय ५० जनाभन्दा बढिको ज्यान गएको छ ।
गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो । ११ सयभन्दा बढी घाइते भएको पनि विभिन्न समाचार सस्थाले लेखेका छन्।
युद्धकै सबैभन्दा घातक दिन भनेर हिजबुल्लाहले यसलाई अर्थाएको छ ।
अमेरिका र इरानबीच युद्धविराम भएको केही घन्टामै यस्तो आक्रमण भएको हो । राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशतर्फ उडिँरहेको देखिएको छ।
केन्द्रीय कोर्निच अल माजरा क्षेत्रमा सवारीसाधन र सडकमा जलेका शवहरू देखिएको सञ्चारमाध्यमहरुले लेखेका छन् ।