मङ्गलबार, १६ असार २०८३
मङ्गलबार, १६ असार २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, असार १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा आगामी मंगलवार भेटवार्ताका लागि प्रश्ताव गरेको दाबी गरेका छन् ।
सोमवार सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै ट्रम्पले उक्त प्रश्तावको थप विस्तृत विवरण भने खुलाएका छैनन्। यद्यपि इरानले भने ट्रम्पको यस दाबीलाई तत्कालै अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा इरानी र अमेरिकी प्राविधिक टोलीहरूबीच भेटघाट हुने भनी आएका रिपोर्टहरूको खण्डन गरेको हो ।
मन्त्रालयले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।
