logo-image

शुक्रबार, ०१ जेठ २०८३

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन सुरु

शुक्रबार, ०१ जेठ २०८३ · समसामयिक

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन सुरु

काठमाडौं, जेठ १ । पूर्वगृहमन्त्री सुधन गुरुङका विरुद्धमा उठेका सार्वजनिक सरोकारका विषयहरूको छानबिन गर्न सरकारले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा गठित उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङ मन्त्री पदमा बहाल रहँदा र त्यसपछि उत्पन्न भएका विभिन्न विवाद तथा सार्वजनिक प्रश्नहरूको सत्यतथ्य अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समयसीमा दिइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले सार्वजनिक रूपमा उठेका गम्भीर प्रश्नहरूको निष्पक्ष छानबिनका लागि यो कदम चालिएको जानकारी दिएको छ।