बुधबार, २७ जेठ २०८३
मङ्गलबार, २६ जेठ २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ २६ । इण्डोनेसिया को मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीले सोमवार सुनामीको चेतावनी फिर्ता लिएको जनाएको छ ।
यसअघि फिलिपिन्स को दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै इण्डोनेसियाको उत्तरी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।
जारी विज्ञप्तिअनुसार समुन्द्री सतहको अवस्था सामान्य अवस्थामा फर्किएको पुष्टि भएपछि सुनामी चेतावनी समाप्त गरिएको हो । एजेन्सीकाअनुसार सोमबार बिहान इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रका केही निगरानी केन्द्रहरूमा साना सुनामी छालहरू रेकर्ड गरिएका थिए । यद्यपि ती छालहरूले ठूलो क्षति पु¥याएको विवरण प्राप्त भएको छैन । .
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण इन्डोनेसियाको उत्तरपूर्वी तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको थियो । इण्डोनेसिया र फिलिपिन्स दुवै देश प्रशान्त महासागर वरिपरि रहेको प्यासिफिक रिङ अफ दि फायर क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प तथा ज्वालामुखी गतिविधि हुने गर्छ ।
निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त
१३ मिनेट अगाडि
बोधी संवाद हुँदै, विशेष आकर्षण चीनबारे छलफल
२ घण्टा अगाडि