शुक्रबार, ०९ असोज २०८३
शुक्रबार, ०९ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ९ । अविरल वर्षाका कारण बल्खु खोलामा आएको तीव्र बाढीले घर कटान गरी जोखिममा पारेपछि करिब २० जनालाई अन्यत्र सारिएको छ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायव उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार खोलाको तीव्र बहावले घरको तल्लो भागमा क्षति पुर्याउन थालेपछि सोही घरमा भाडामा बस्दै आएका २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको छ।
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्तीहरू डुबान र कटानको उच्च जोखिममा परेका छन्। जोखिमयुक्त क्षेत्रमा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी अनुगमन तथा उद्धार कार्य जारी राखिएको छ।