शुक्रबार, ०९ असोज २०८३
शुक्रबार, ०९ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ९ । देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र शतर्कता अपनाउन सरकारले नागरिकहरूमा आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण बुटवल लगायत देशभरका विभिन्न क्षेत्रमा रहेका मुख्य राजमार्ग र सडक सञ्जालमा अवरोध सिर्जना भएको छ । विशेष गरी पुराना बुटवलका सडक खण्ड र पहाडी मार्गहरूमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न र शतर्क रहन आह्वान गरेको हो । मौसमविद्हरूकाअनुसार मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेकाले वर्षाको मात्रा अझै बढ्न सक्ने आँकलन गरिएको छ । तिनाउ नदी लगायत स्थानीय खोलानालाको जलसतह बढ्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई उच्च शतर्कता अपनाउन भनिएको छ । सडक विभागले राजमार्गमा पहिरो खस्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । लामो दूरीका सवारी चालकहरूलाई यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ । प्रशासनले स्थानीय तह र सुरक्षा निकायलाई उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देश गरेको छ । –न्युज एजेन्सी नेपाल