शनिबार, २० भदौ २०८३
आइतबार, २२ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २२ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रशासनको कार्यशैलीमाथि गम्भीर टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगत ३६ वर्षदेखि सुरक्षाकर्मीको हातमा 'राजनीतिक हत्कडी' लगाइएको उल्लेख गर्दै प्रहरीलाई दलीय प्रभावमा राखिएको र स्वतन्त्र रूपमा काम गर्न नदिइएकोतर्फ संकेत गरेका छन्।
प्रहरी प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गराई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने उनको आशय देखिन्छ।