सोमबार, १८ जेठ २०८३
मङ्गलबार, २४ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत २४ । सञ्चारकर्मी जीपी तिमल्सिनालाई पूर्वपत्नी एवं पूर्वमिस नेपाल उषा खड्गीको उजुरीका आधारमा मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।
खड्गीले सोमबार भक्तपुर प्रहरी परिसरमा तिमल्सिना विरुद्ध अभद्र व्यवहार, कुटपिटको प्रयास र धम्की दिएको आरोप लगाउँदै औपचारिक जाहेरी दर्ता गराएकी थिइन्।
२०७९ सालमा औपचारिक रूपमा सम्बन्ध विच्छेद भएतापनि उषा खड्गी र जीपी तिमल्सिना एउटै घरको छुट्टाछुट्टै तलामा बसोबास गर्दै आएका थिए। जीपी माथिल्लो तलामा र उषा आफ्ना छोराछोरीसहित तल्लो तलामा बस्दै आएकोमा, पछिल्लो समय जीपीले उषालाई घर छोड्न दबाब दिँदै अमर्यादित क्रियाकलाप र मानसिक तनाव दिएको आरोप लगाइएको छ।
भक्तपुर प्रहरीले जाहेरी परेलगतै तिमल्सिनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।