सोमबार, २८ वैशाख २०८३
सोमबार, २८ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २८ । सिराहा, धनगढीमाई नगरपालिका–१ मेधनीपुरस्थित सडकमा छपराडीबाट लहानतर्फ जाँदै गरेको म.प्र–०२–००८ प ७३१६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका–११ हरिपुर बस्ने ५५ वर्षीय धनेश्वर महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी साइकलयात्री र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सडकमा बीआर ३० ई ६९०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–२ राईटरखोर बस्ने ६५ वर्षीय किसुन देव साहको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटीहवास्थित सडकमा लु.प्र ०१–०१० प ७५९० नम्बरको मोटरसाइकललाई ना.७ ख १६८ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार देवदह नगरपालिका–४ सागा बस्ने ७० वर्षीय शंकर मल्लको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुगुको छाँयानाथ रारा नगरपालिका–४ ताल्चास्थित सडकमा क.प्र ०२–००१ ख ०९८६ नम्बरको बस ब्याक गर्ने क्रममा सोही बसले च्यापिएर बसका सहचालक जुम्ला पातारासी गाउँपालिका–३ बस्ने २९ वर्षीय राजेन्द्र खड्काको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश
२ घण्टा अगाडि
अब अनलाइनमार्फत नयाँ प्रिपेड ई–सिम लिन सकिने
३ घण्टा अगाडि