आइतबार, १३ मंसिर २०८३
शुक्रबार, २७ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक २७ । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नियुक्त हुने न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
नवनियुक्त न्यायाधीशमध्ये डा. बागचन्द यसअघि उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। त्यसैगरी, सारू उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनअन्तर्गत हेटौँडा इजलास तथा डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।
चार जना न्यायाधीशको नियुक्तिसँगै सर्वोच्च अदालतको न्यायिक नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।