logo-image

शुक्रबार, ११ वैशाख २०८३

पोखरामा पूर्वराजाको भव्य स्वागत: समर्थकको नारा र पञ्चेबाजाले गुञ्जियो विमानस्थल

शुक्रबार, ११ वैशाख २०८३ · समसामयिक

पोखरामा पूर्वराजाको भव्य स्वागत: समर्थकको नारा र पञ्चेबाजाले गुञ्जियो विमानस्थल

कास्की, वैशाख ११ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आइपुग्नुभएको छ । पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा आइपुग्नुभएको हो ।

 

उहाँलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार समेत गरेका थिए । उहाँलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् ।

 

पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उहाँको यस भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ । पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

–न्युज एजेन्सी नेपाल