मङ्गलबार, २९ वैशाख २०८३
मङ्गलबार, २९ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २९ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर जडिबुटीस्थित सडकमा बा.प्र.०२–०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ घर भएका ४३ वर्षीय भुवन गुरूङको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–४ ठाकुर पोखरी नजिक सडकमा बीआर ३० यु ४४९९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ नवराजपुर बस्ने २५ वर्षीय सुवेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिबेक पट्रोल पम्पस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ६६४९ नम्बरको बसले प्रदेश २–०१–००१ त १४६७ नम्बरको ट्याक्टरलाई मंगलबार बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका–५ बस्ने १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्वि सिटी अस्पताल लबिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको परोहा नगरपालिका–६ कोप्वास्थित सडकमा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकल र बा. ८१ प ६४४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा. ८१ प ६४४८ नम्बरको मोटरसाइकलमा सवार मध्ये १ जनाको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि चितवनतर्फ रिफर गरिएको छ ।
यसैगरी रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११ प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–५ गमहरिया टोल बस्ने ३८ वर्षीया रिंकु देवी ठाकुरको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।