सोमबार, १८ जेठ २०८३
बिहिबार, १० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख १० । दक्षिण भारतको केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
विस्फोटमा करिव दुई दर्जन मानिस घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटना हुँदा कारखानामा करिव ४० जना कामदार कार्यरत थिए । पटाकाहरू स्थानीय चाड थ्रिसुर पुरमका लागि बनाइँदै थियो ।
यो घटना तामिलनाडुको विरुधुनगरमा दुई दिन अघिमात्रै भएको पटाका कारखानामा यस्तै विस्फोटमा २५ जनाको मृत्यु भएलगत्तै घटेको हो ।