शनिबार, २० भदौ २०८३
शुक्रबार, २० चैत २०८२ · राजनीति
काठमाडौं, चैत २० । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत सुधार र वातावरण संरक्षणलाई समेट्ने गरी नयाँ विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु गर्नुभएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले तथ्य र तथ्यांकमा आधारित भई दीर्घकालीन सोचका साथ नीति तयार गर्न निर्देशन दिँदै गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपत वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तन र कार्बन व्यापारजस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
भविष्यका सम्भावित चुनौतीको सामना गर्ने गरी ऐन–कानुन निर्माणमा दिशानिर्देश गर्ने यो नीतिले पुँजी परिचालन र स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्नुपर्ने उहाँको भनाइ छ। साथै, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन र लगानीको प्रतिफल सुनिश्चित गर्नसमेत नीतिले विशेष ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो।