logo-image

शुक्रबार, ०१ साउन २०८३

धादिङ केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँ उपत्यकासम्म धक्का महसुस

बिहिबार, २४ वैशाख २०८३ · समसामयिक

धादिङ केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँ उपत्यकासम्म धक्का महसुस

धादिङ,  वैशाख २४ । धादिङको चराङ्गे फेदीलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११:१४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का धादिङसहित आसपासका छिमेकी जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत स्पष्ट रूपमा महसुस गरिएको थियो। केन्द्रविन्दु चराङ्गे फेदी रहेको यस भूकम्पबाट हालसम्म कुनै पनि भौतिक संरचना वा मानवीय क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।