सोमबार, १८ जेठ २०८३
मङ्गलबार, ०५ जेठ २०८३ · समसामयिक
वीरगन्ज, जेठ ५ । वीरगन्जस्थित होटल सिद्धार्थ दियालोबाट सोमबार राति पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो।
सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगारेको र राज्यविरुद्ध सर्वसाधारणलाई उक्साएको आरोपमा उनीविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। प्रसाईंमाथि हाल विद्युतीय कारोबार ऐन र सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उनका हालैका सार्वजनिक कार्यक्रम, भाषण र सामाजिक सञ्जालका गतिविधिहरूको थप विवरण र प्रमाण संकलन गरिरहेको छ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि