logo-image

सोमबार, १८ जेठ २०८३

सम्पत्ति शुद्धीकरणको घेरामा रहेका दीपक भट्ट पक्राउ

बिहिबार, १९ चैत २०८२ · समसामयिक

सम्पत्ति शुद्धीकरणको घेरामा रहेका दीपक भट्ट पक्राउ


काठमाडौं, चैत्र १८ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई बिहिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका भट्टलाई अध्यागमन विभागले अध्यागमनको कालोसूचीमा राखेको थियो । 

सोमबार विभागले अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ । 

ताजा समाचार