काठमाडौं, वैशाख ३० । सहकारी पीडितहरुले वागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् ।
सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरुले बुधवार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरुले सहकारीलाई समस्याग्रस्त घोषणा गरि आफूहरुको वचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरुले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।
पीडितहरुले कार्यलयमा पटकपटक ध्याकर्षण गराउदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश कर्मचारीहरुसंग आक्रोश व्यक्र गरेका छन् ।