logo-image

बुधबार, २१ असोज २०८३

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

मङ्गलबार, २० असोज २०८३ · राजनीति

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

 

काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन्।

निर्वाचन समितिका अनुसार बिहान १० बजेपछि मनोनयन फारम वितरण हुनेछ भने दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।

यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ। संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ। नयाँ व्यवस्थाअनुसार उपसभापतिको संख्या चार तथा महामन्त्रीको संख्या तीन पुगेको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। सहमहामन्त्रीको संख्या ११ पुर्‍याइएको छ भने प्रवक्ता पदसमेत थप गरिएको छ।

उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।