logo-image

सोमबार, १८ जेठ २०८३

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

आइतबार, २९ चैत २०८२ · समसामयिक

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

काठमाडौं, चैत्र २९ । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसै गरी साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ । निर्वाचनबाट निर्विरोध निर्वाचित हुने संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बिरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मसरुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।