सोमबार, १८ जेठ २०८३
मङ्गलबार, १७ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत १७ । मंगलबार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू(भागका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग्रहावाहुरीरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।
मंगलबार राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । तर हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहन देखाएको छ ।