सोमबार, १८ जेठ २०८३
आइतबार, २९ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र २९ । विश्वव्यापी इन्धन संकट र बढ्दो अभावलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले आफ्ना अधिकारीहरूका लागि 'कार पुलिङ्' प्रणाली कार्यान्वयनमा ल्याएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, इन्धन कोटामा कटौती गरिसकेको महानगरले अत्यावश्यक सेवालाई निरन्तरता दिन र दीर्घकालीन नकारात्मक प्रभाव घटाउन यो विकल्प रोजेको हो।
यस प्रणाली अन्तर्गत, एउटै क्षेत्रमा बसोबास गर्ने अधिकारीहरूको समूह बनाइनेछ र उनीहरूले आफ्ना सवारी साधनहरू आलोपालो प्रयोग गरी एकअर्कालाई कार्यलय ल्याउने-लैजाने गर्नुपर्नेछ। यस नवीन कदमले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुका साथै इन्धनको खपतमा उल्लेख्य बचत गर्ने विश्वास लिइएको छ।