logo-image

सोमबार, २२ भदौ २०८३

भोटेकोशी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइयो

सोमबार, २२ भदौ २०८३ · समसामयिक

भोटेकोशी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइयो

 

काठमाडौं, भदौ २२ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ । 

सरकारले सोमवार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

गत भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।