logo-image

आइतबार, २१ भदौ २०८३

ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री ए को सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे

आइतबार, २१ भदौ २०८३ · समसामयिक

ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री ए को सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे


काठमाडौं, भदौ २१ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन् । आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिएका हुन ।  
मन्त्री श्रेष्ठले त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट उद्वार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका उनका प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिए । उनका अनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरि हौसला प्रदान गरेका थिए । यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्वार गरिएका चिनियाँ नागरिकसँग पनि भेटे । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए ।
मन्त्री श्रेष्ठले भने, ’उहाँहरूको स्वास्थ अवस्था सुधारोन्मुख छ । पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ । शारीरिक घाउ चोटहरू निको हुन थालेको छ । मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ । मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद पनि दिए । ’स्वास्थ्यकर्मीले पनि एकदमै राम्रोसँग रेखदेख गर्नुभएको छ, उनले भने । छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।