सोमबार, २२ भदौ २०८३
सोमबार, २२ भदौ २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, भदौ २२ । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ । कार्यालयकाअनुसार विपद्मा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् ।
बेपत्ता रहेका अन्य ५ जनाको खोजी कार्य जारी रहेको बताइएको छ । यस प्राकृतिक विपद्बाट फिलिपिन्सका ६ हजार ९०० गाउँका करिव २९ लाख परिवारका १ करोड २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । भौतिक क्षतितर्फ कुल ४ हजार ५०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । जसमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति पुगेको छ भने ५८५ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् ।