शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ४ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई अदालतको अवहेलना मुद्दामा वारेस राख्न अनुमति दिएको छ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहको मागबमोजिम उक्त आदेश जारी गरेको हो। भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘भारतकी बेटी’ भन्ने संवादलाई लिएर उत्पन्न विवादका क्रममा उच्च अदालत पाटनले फिल्म नरोक्न दिएको आदेशलाई चुनौती दिँदै शाहले सामाजिक सञ्जालमा "अदालतको आदेश मान्दिनँ" भनी अभिव्यक्ति दिएका थिए।
सोही विषयलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अवहेलना मुद्दामा शाहले आफू स्वयं उपस्थित हुन नपर्ने गरी वारिसको सुविधा मागेका थिए, जसलाई सर्वोच्चले अहिले स्वीकृत गरेको छ।
यससँगै अब शाहले आफू स्वयं अदालतमा उपस्थित नभई आफ्नो तर्फबाट प्रतिनिधि (वारेस) मार्फत कानूनी प्रक्रिया अघि बढाउन पाउनेछन्।
मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
११ घण्टा अगाडि