logo-image

सोमबार, २८ वैशाख २०८३

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल: न्यु खोज्नेलाई झ्याम्मै, एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

सोमबार, २८ वैशाख २०८३ · समसामयिक

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल: न्यु खोज्नेलाई झ्याम्मै, एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं, वैशाख २८ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ ।

यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले रु. १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

यसका अतिरिक्त, ग्राहकहरूले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्क लगायतका सुविधाहरु प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, यस ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको छ । कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध विशेष सुविधाहरूको लाभ लिन पनि अनुरोध गरेको छ ।