logo-image

सोमबार, १८ जेठ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, १६ चैत २०८२ · समसामयिक

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, चैत्र १६। कैलालीमा १५ वर्षीया बालिकालाई जबरजबरजस्ती करणी गरेको अभियोगमा पक्राउजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अमनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

संखुवासभामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका–७ फलाटे बस्ने १९ वर्षीय निसान कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । निसानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरील उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार