सोमबार, १८ जेठ २०८३
आइतबार, २९ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र २९ । झापा र सर्लाहीबाट सशस्त्र प्रहरीले ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको ३ सय ३२ क्यूफिट काठ बरामद गरेको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका–२ बाट चैत्र २८ गते ७ लाख ४४ हजार रुपैयाँ बराबरको १ सय ८६ क्यूफिट खयरको गोलिया काठ बरामद गरिएको छ । बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले बरामद गरेको हो ।
त्यसैगरी सर्लाही जिल्लाको विष्णु गाउँपालिका–२ स्थित नदियापकडीबाट चैत्र २७ गते ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको १ सय ३६ क्यूफिट सिमल लगायतको गोलिया काठ बरामद गरिएको छ । ज १ त २९४९ नम्बरको ट्याक्टरमा लोड गरी गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराले नियन्त्रणमा लिएको हो । बरामद काठ तथा ट्याक्टर आवश्य कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।