logo-image

बिहिबार, २४ वैशाख २०८३

फेवातालमा बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

बिहिबार, २४ वैशाख २०८३ · समसामयिक

फेवातालमा बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौं, वैशाख २४ ।  वैशाख २३ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षिय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएकोे टोलीले उनलाई सकुशल उद्धार गरेको हो । 

ताजा समाचार