logo-image

बिहिबार, ०३ वैशाख २०८३

अमेरिका-इजरायल इरान युद्ध दुई साता युद्ध बिराम

बुधबार, २५ चैत २०८२ · अन्तर्राष्ट्रिय

अमेरिका-इजरायल इरान युद्ध दुई साता युद्ध बिराम

  काठमाडौं, चैत २५,          

        हिजोको राति इरानको एउटा पुरै सभ्यता नै ध्वस्त हुनसक्ने गरी आक्रमण गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तत युद्धविराम गर्न सहमत भएका छन्। पाकिस्तानको पहलमा दुई साता लामो युद्धविराम हुने र सो क्रममा स्ट्रेट अफ हर्मोज मार्ग खोल्न इरानले पनि सहमति जनाएको छ। करिब पाँच साता लामो समयदेखि बढ्दै गएको अमेरिका-इजरायल र इरान युद्ध मा गएराती के हुने हो भन्ने अन्योलका बीच युद्धविराम गर्न दुवैपक्ष सहमत भएको हो। यो युद्ध बिरामको घोषणा सँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ। सहमतिपछि विश्वभरका मानिसहरू उत्साहित भएका छन्। युद्धरत दुवै पक्षले पाकिस्तानी प्रधानमन्त्री सहवास शरिफको मध्यस्तताको सराहना गरेका छन्।