आइतबार, २० वैशाख २०८३
आइतबार, २० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २० । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएको छ ।
नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आईतवार उक्त घरमा डोजर लगाएको हो । महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोविखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर निर्माण गरेका संरचनामा डोजर लगाउन शुरु गरेको थियो । सोही क्रममा देवीनगरमा रहेका सात तल्ले पक्की घरमा डोजर लगाइएको हो ।
यसअघि महानगरले शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो । महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो । शहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ ।
प्रधानमन्त्री साहले भेट नदिएको भन्दै दलित समुदायको आक्रोश
एक घण्टा अगाडि