सोमबार, १८ जेठ २०८३
सोमबार, ०४ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ४ । काठमाडौं, महानगरपालिका–३ महाराजगंजस्थित सडकमा रोकी राखेको प्र.३–०१–०२४ च ३६१४ नम्बरको टाटा योद्धा गाडीमा बा.प्र ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बसुन्धारा बस्ने काभ्रे पनौती नगरपालिका–५ घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित सडकमा लु.१ च ३५२३ नम्बरको कार अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा कार चालक महोत्तरी मतिहानी नगरपालिका–३ बस्ने ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दिस्थित सडकमा लु. ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ बस्ने ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका–६ बेलदमारस्थित सडकमा यूपी ५१ बिटि १७१६ नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रक चालक भारत बस्ती बस्ने ५० वर्षीय भरत मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित सडकमा सु.प.प्र. ०१–००२ त ६८९९ नम्बरको ट्याक्टरले सु.प.प्र. ०१–०१४ प २६२८ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक अछाम मेल्लेख गाउँपालिका–६ बस्ने ३७ वर्षीय प्रभाकर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि