मङ्गलबार, १२ जेठ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ १२ । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक यात्रुवाहक रेललाई लक्षित गरी गराइएको आत्मघाती बम विष्फोटमा ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।
उद्धार अधिकारीहरूले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस भीषण आक्रमणमा २० जना सैनिकको समेत मृत्यु भएको छ । यस घटनामा परी ९८ जना सर्वसाधारण तथा सुरक्षाकर्मीहरू घाइते भएको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । विष्फोटका कारण रेल र रेलवे स्टेशन आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको छ । उद्धार टोलीहरूका अनुसार घटनास्थलमा अझै पनि उद्धार र राहतका कार्यहरू जारी रहेका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । आक्रमणको प्रकृति र थप विवरणबारे सुरक्षा निकायहरूले अनुसन्धान गरिरहेका छन् ।
किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति
१५ मिनेट अगाडि
डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव
एक घण्टा अगाडि