logo-image

सोमबार, १८ जेठ २०८३

प्युठानमा २२ घरगोठ जलेर नष्ट

आइतबार, २२ चैत २०८२ · समसामयिक

प्युठानमा २२ घरगोठ जलेर नष्ट


काठमाडौं, चैत २२ । प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागीमा परि २२ घरगोठ जलेका छन् ।
स्थानीयका ८ घर र १४ गोठ जलेर नष्ट भएको छ । आगलागीबाट देवान सिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ र लक्ष्मण रानाको गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस्तै इश्वरी रानाको कच्ची घरसँगै भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न तथा ३ गोरु र १५ बाख्रा जलेर मरेका छन्।
स्थानीय रमेश घर्तीको १ घर र १ गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। साथै ६ बाख्राको मृत्यु भएको, भाँडावर्तन, लत्ताकपडा, आधा तोला सुन र नगद ५० हजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ओमबहादुर रेस्मी मगरको १ घर र २ गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् भने ३३ बाख्रा जलेर मरेका छन् । साथै नगद ७१ हजार ५०० पनि जलेर नष्ट भएको  छ ।

ताजा समाचार