बुधबार, १६ वैशाख २०८३
बुधबार, १६ वैशाख २०८३ · समसामयिक
सुनसरी, वैशाख १६ । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् ।
धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने
एक घण्टा अगाडि