logo-image

बिहिबार, १० वैशाख २०८३

भारतको तामिलनाडुमा मिनी बस दुर्घटनामा १० जनाको मृत्यु

आइतबार, ०६ वैशाख २०८३ · अन्तर्राष्ट्रिय

भारतको तामिलनाडुमा मिनी बस दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं, वैशाख ६ ।  दक्षिण भारतीय राज्य तामिलनाडुमा एउटा मिनी बस गहिरो खोंचमा खस्दा १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

सरकारी प्रशारक अल इन्डिया रेडियोकाअनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । छिमेकी राज्य केरलाबाट आएका ती यात्रुहरू भ्रमणका लागि तामिलनाडु पुगेका थिए । दुर्घटना हुँदा उक्त भ्यानमा केरलाका १६ जना सवार रहेको रेडियोले जनाएको छ । दुर्घटनाको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । स्थानीय प्रहरीले यसबारे उजुरी दर्ता गर्दै घटनाको विस्तृत अनुसन्धान शुरु गरेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।