आइतबार, १४ भदौ २०८३
आइतबार, १४ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १४ । भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
उक्त लकर सशस्त्र प्रहरी बल नेपाल विपदब् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको टोलीले फेला पारेको हो । सो बेश भन्दा करीव ६ किलोमिटर पूर्वतर्फ फेला परेको उक्त लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमीहरूको उपस्थितिमा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।