logo-image

सोमबार, १५ भदौ २०८३

१८ वर्ष निर्वाचन बहिष्कारपछि बिप्लवले खसाले मत

बिहिबार, २१ फागुन २०८२ · समसामयिक

१८ वर्ष निर्वाचन बहिष्कारपछि बिप्लवले खसाले मत

काठमाडौं, फागुन २१ । २०६४ सालको संबिधान सभाको निर्वाचन पछि निर्वाचन बहिस्कार गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले बिहिबार मतदान गरेका छन् । १८ वर्षपछि बल्ल उनले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित  श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन् ।

अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ । निर्वाचन आयोगमा दलदर्ता गरि नेकपा (माओवादी) आधिकारिक रूपमा पहिलो पटक गुलाफ चिन्ह लिएर निर्वाचनमा सहभागी भएको हो ।