काठमाडौं, फागुन २४ । हिमालय एयरलाइन्सले अस्थायी रूपमा रोकिएको काठमाडौं–दुबई उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।
एयरलाइन्सले जारी गरेको सूचनाअनुसार काठमाडौंबाट दुबई जाने उडान मार्च ८, २०२६ (आइतबार) देखि पुनः सुरु हुनेछ भने दुबईबाट काठमाडौं आउने उडान मार्च ९, २०२६ (सोमबार) देखि सञ्चालन हुनेछ।
एयरलाइन्सका अनुसार उडान समय नियमित तालिकाअनुसार नै रहनेछ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक बिक्री कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
साथै, सुरक्षा कारणले आवश्यक परे उडानहरू रद्द हुन सक्ने पनि एयरलाइन्सले जनाएको छ।
