बिहिबार, ०३ वैशाख २०८३
सोमबार, १८ फागुन २०८२ · अन्तर्राष्ट्रिय
काठमाडौं,फागुन १८ । लेबननस्थित इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा मिसाइल र ड्रोन मार्फत आक्रमण गरेको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिका र इजरायल मिेर हत्या गरेपछि त्यसको जवाफमा आक्रमण गरेको हो ।
हिजबुल्लाहले गएराति हैफाको दक्षिणमा रहेको इजराइली सेनाको मिस्मार हा–कार्मेल मिसाइल रक्षा केन्द्रलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको हो ।
इरानले लेबननमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिने गरेको छ । र, यिनै समुहले बेलाबेलामा इजरायलमा आक्रमण गर्ने गरेका छन् ।
इजरायलले लेबननबाट प्रहार गरेको मिसाइल तथा ड्रोन निस्तेज पारेको जनाएको छ ।