शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
सुनसरी, फागुन २४ । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। विजयी साम्पाङ र तामाङबीच ८ हजार ४९२ मतको अन्तर रहेको छ।
त्यस्तै, प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। धरानको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका साम्पाङको यो जितले सुनसरीको चुनावी समीकरणमा नयाँ आयाम थपेको छ।