सोमबार, १८ जेठ २०८३
आइतबार, ०८ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र ८ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पुर्याउने व्यक्तिहरुलाई आईजी एपिएफ कमेन्डेसनबाट सुशोभन गरेका छन् ।
आईतबार महानिरीक्षक अर्यालले २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव )को अवसरमा घोषित आईजी एपिएफ कमेन्डेसन बाट बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग, गायक दिपक लिम्बु र पर्वतारोही टासी लाक्पा शेर्पालाई प्रदान गरेका हुन ।
महानिरीक्षक अर्यालले आईजी एपिएफ कमेन्डेसन बाट सुशोभित हुनेहरुलाई हार्दिक बधाई दिदैं आगामी दिनहरुमा समेत उहाँहरुबाट मुलुक र संगठनलाई यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए । त्यसैगरी गायक लिम्बुले सम्मान प्राप्त भएकोमा संगठनप्रति हार्दिक आभार प्रकट गर्नुका साथै खुशी समेत व्यक्त गरे ।
सो कार्यक्रममा सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरुको समेत उपस्थित रहेको थियो ।