बुधबार, २८ असोज २०८३
बिहिबार, २८ फागुन २०८२ · समसामयिक
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ्ग स्किल्स ल्याब उद्घाटन गरिएको छ । नर्सिङ्ग शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय बनाउने उद्देश्य सहित स्थापना गरिएको उक्त स्किल्स ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गरेका थिए । उक्त उद्घाटन कार्यकममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङ्गका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, कलेज अफ नर्सिङ्गका विभागीय प्रमुखहरु, शिक्षकहरु, कर्मचारीहरु लगायत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नयाँ स्थापना गरिएको स्किल्स ल्याबमा बिरामी हेरचाहसंग सम्बन्धित प्रायोगिक अभ्यासका सामाग्रीहरु (मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्री लगायत विरामीहरुलाई नर्सिङ्ग केयर गर्दा आवश्यक पर्ने सामाग्री तथा उपकरणहरु आदि) राखिएको छ । उपकुलपति लगायत सम्पूर्णले ल्याबको निरिक्षण गरेका थिए भने मेडिकल सर्जिकल नर्सिङ्ग, चाइल्ड हेल्थ नर्सिङ्ग, मेटर्नल हेल्थ नर्सिङ्ग, साइकियाट्रिक नर्सिङ्गका शिक्षकहरुले आ–आप्mनो विभाग अन्तर्गतको सामाग्रीहरुको बारेमा संक्षिप्त रुपमा अवगत गराएका थिए ।
निरिक्षण कार्यक्रम पश्चात् चिफ प्रा. चौधरीले प्रस्तुती मार्फत विस्तृत रुपमा सो स्किल ल्याबका बारेमा जानकारी दिनु भएको थियो । सो क्रममा नर्सिङ्ग शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्तै महत्वपूर्ण रहेको उनले बताए । उनका अनुसार स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसंग प्रत्यक्ष रुपमा काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ्ग प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने, सिक्ने अवसर पाउनेछन । उनले यस प्रकारका सिमुलेसन–आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बिरामीको सुरक्षालाई पनि थप सुनिश्चित गर्नुका साथै नर्सिङ्ग सेवालाई गुणस्तरिय बनाउने विश्वास व्यक्त गरे ।
स्किल्स ल्याबमा अभ्यास गरे पश्चात् विद्यार्थीहरूले आधारभूत देखि उन्नत स्तरसम्मका नर्सिङ्ग सीपहरू आर्जन गर्न सक्नेछन । यसले नर्सिङ्ग शिक्षालाई अझ व्यवहारमुखी बनाउँदै दक्ष र सक्षम नर्स उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । स्किल्स ल्याबको स्थापना यहा“को नर्सिङ्ग शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने महत्वपूर्ण कदम भएको र भविष्यमा यसले स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
कार्यक्रमको समापनको क्रममा उपकुलपतिले स्किल्स ल्याबको प्रभावकारी उपयोग मार्फत नर्सिङ्ग विद्यार्थीरूको सीप विकास, अनुसन्धान प्रवद्र्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कलेज अफ नर्सिङ्ग परिवारको सत्प्रयासका लागि बधाइ तथा धन्यवाद दिएका थिए ।