शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
ललितपुर, फागुन २४ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै सानदार जित दर्ता गरेका हुन्।
उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरे। विजयी खरेल र महर्जनबीचको मतान्तर ३२ हजार ७१ रहेको छ।
यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। रास्वपाको यो जितलाई ललितपुरमा परम्परागत राजनीतिक शक्तिहरूको विरासत तोडिएको रूपमा विश्लेषण गरिएको छ।